Sunday, November 8, 2026
Homeसामाचारएनएमए अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाको पूर्ण टिमसहित उम्मेदवारी घोषणा

एनएमए अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाको पूर्ण टिमसहित उम्मेदवारी घोषणा

काठमाडौँ, ३० साउन। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी निर्वाचनमा फुर गेल्जे शेर्पाले अध्यक्ष पदका लागि आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेका छन्।

लाजिम्पाटस्थित होटल शङ्करमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो समूहको परिचय गराउँदै भने, “मैले हिमाल, पर्यटनको विकास र वातावरणीय परिवर्तनलाई नजिकबाट देखेको छु। हिमपहिरा घटना न्यूनीकरणदेखि पर्यटकीयस्थलको प्रवर्द्धनसम्म, पेसागत हकहितको रक्षा र विकासका लागि धेरै काम गर्नुपर्ने देखिन्छ, जसलाई हाम्रो समूहले क्रमबद्ध रूपमा पूरा गर्नेछ।”

‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि उम्मेदवारी’ नारासहित शेर्पाले कार्ययोजना सार्वजनिक गरे। उनका अनुसार, नेपालको पर्वतीय पर्यटन र आरोहीहरूको हितलाई प्राथमिकतामा राख्दै नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना, आपतकालीन उद्धार कोषको व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरको आरोहण तालिम केन्द्र विकास गर्ने योजना अघि सारिएको छ।

शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षका लागि ईश्वरी पौडेल, प्रथम उपाध्यक्षका लागि काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षका लागि बोधराज भण्डारी, महासचिवका लागि राजेन्द्रबहादुर लामा, सचिवका लागि चन्दन थापा, र कोषाध्यक्षका लागि ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन्। सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डङ्गोल, डोल्मा लामा र निशा भोटे रहेका छन्।

एनएमएको निर्वाचन आगामी भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका