काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि जारी विवाद समाधान नहुँदा पूर्वअध्यक्षहरूले संस्थाको हितका लागि बृहत्तर एकता नै एक मात्र विकल्प रहेको बताएका छन्।
विवादका कारण अदालतमा मुद्दा थुप्रिँदै गएको सन्दर्भमा पूर्वअध्यक्षहरूले सबै पक्षबाट इमानदार प्रयास आवश्यक रहेको धारणा राखेका हुन्।
सन् २०७८ देखि विवादमा रहेको एनआरएनए अहिले दुई समूहमा विभाजित छ। सर्वोच्च अदालतको परमादेशअनुसार महेश श्रेष्ठको नेतृत्वमा बनेको एक पक्ष छ भने अर्को पक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको छ। केसी नेतृत्वको समूहले विवादकै बीच आगामी अक्टोबरमा महाधिवेशन गर्ने घोषणा गर्दै तयारी समिति समेत गठन गरेको छ।
तर, संस्थापक अध्यक्ष उपेन्द्र महतोले सार्वजनिक विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका छन्। उनले एनआरएनए केवल संस्था मात्र नभई अभियान भएको उल्लेख गर्दै “वास्तविक एकताको महाधिवेशनबाहेक अरु कुनै पनि अधिवेशन एकताको हुन सक्दैन” भन्दै आफूलाई त्यस्ता गतिविधिमा समावेश नगरिदिन आग्रह गरेका छन्।
केसी समूहले घोषणा गरेको महाधिवेशन तयारी मूल आयोजक समितिमा पूर्वअध्यक्षहरूसहितका सल्लाहकारहरूको नाम राखिएपछि महतोले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।


