काठमाडौं:गैंडाकोट–११ निवासी शंकर सुबेदीले एनआरएनए जापानको १२औं महाधिवेशनमा सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले सन् २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो।
एनआरएनए जापानमा ७ वर्ष लामो सक्रियता प्रदर्शन गरेका सुबेदी अब केन्द्रीय तहमा फरक पहिचान स्थापित गर्ने सोचसहित उम्मेदवार बन्नु भएको हो। उहाँले जापानमा रहेका नेपालीहरूलाई एनआरएनएको माध्यमबाट सामाजिक गतिविधिमा सक्रिय गराउनका लागि आफूलाई तयार पारेको बताउनुभयो।
चिबा क्षेत्रबाट एनआरएनएको अभियान सुरु गर्नुभएका सुबेदीले संस्थापक सदस्य, सह-सचिव, सचिव तथा उपसंयोजकको भूमिकामा रहेर काम गरिसक्नु भएको छ। उहाँको योगदान चिबाबाट ओकिनावा हुँदै साप्पोरोसम्म फैलिएको छ, जहाँ उहाँले नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक कार्यहरूमा सक्रियता देखाउनुभएको छ।
१२ वर्षदेखि चिबामा बसोबास गर्दै आउनु भएका सुबेदी अहिले कन्सल्टेन्सी र साझेदार व्यवसायहरूमा संलग्न हुनुहुन्छ। उहाँ नयाँ विद्यार्थीहरूलाई प्राथमिकता दिने, सहजीकरण गर्ने, र व्यावहारिक सहयोग पुर्याउने काममा पनि क्रियाशील हुनुहुन्छ।
उहाँले जापानभरिका पञ्जीकृत एनआरएनए सदस्यहरूलाई आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गर्नुभएको छ।


