Sunday, November 8, 2026
Homeसामाचारएनआरएनएले जेनजी आन्दोलनपछि कार्यक्रम स्थगित, एकताको आह्वान

एनआरएनएले जेनजी आन्दोलनपछि कार्यक्रम स्थगित, एकताको आह्वान

काठमाडौँ। महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना आगामी कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले यसअघि तय गरिएको इन्भेस्टमेन्ट समिट हालका लागि रोक्ने र पुनर्निर्माण तथा अन्य सहयोगमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

बैठकले विकसित घटनाक्रमअनुसार एकताबद्ध भएर अघि बढ्न पहलकदमी लिने निर्णय गर्दै संगठनभित्र र विश्वभर रहेका एनआरएनबीच एकताको आह्वान गरेको छ।

श्रेष्ठले भने, “कठिन परिस्थितिमा विभाजनभन्दा सहकार्यमार्फत अघि बढ्नु अपरिहार्य रहेको छ।” यस्तै, अक्टोबरमा गर्ने भनिएको साधारण सभा पनि स्थगित गरिएको छ।

बैठकले देशमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति, हिंसा र तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका