Saturday, June 6, 2026
Homeप्रवासएनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

काठमाडौँ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

करिब दुई दशकदेखि नेदरल्याण्डबाट विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समितिमा बर्ष २०२१–२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०११ देखि एनआरएनएको बिभिन्न समितिमा रहेर काम गरेको अनुभव सँगालेका गुरुङले अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुदै २०१५–१७ मा अध्यक्ष बनेका थिए ।

त्यस्तै, २०१७–१९ मा एनआरएनए आइसिसी सदस्य हुँदै उनले वर्तमान कार्यकाल २०१९–२१ मा युवा समितीको संयोजक  जस्तो महत्वपूर्ण पद सम्हालेका छन् । संघका हरेक समिती, गतिविधि र अभियानहरूलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माझ लोकप्रिय छवि बनाएका छन् ।

कास्की जिल्ला स्थित पोखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका उनले उम्मेदवारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका