काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ।
नवनियुक्त महानिर्देशक श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, सञ्चालन विकास तथा कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्नेछिन्।
श्रेष्ठ यसअघि एडीबीको दक्षिण एसिया विभागमै उपमहानिर्देशकको जिम्मेवारीमा थिइन्। उनले उक्त पद ३ अप्रिल २०२५ देखि सम्हाल्दै आएकी थिइन्। एडीबीको उच्च नेतृत्व तहमा पुग्ने थोरै नेपालीमध्ये उनी एक हुन्।
एडीबीमा कार्यरत रहँदा उनले स्वतन्त्र मूल्यांकन विभागको उपमहानिर्देशक तथा सहायक सचिव लगायत विभिन्न वरिष्ठ पदमा रहेर काम गरिसकेकी छन्।


