Tuesday, May 26, 2026
Homeसामाचारएक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले मात्र घट्दै आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका