Friday, June 5, 2026
Homeमुख्य समाचारउम्मेदवारी शुल्क महँगो भएको राप्रपा नेताहरुको गुनासो, कसले कति तिर्नुपर्छ ?

उम्मेदवारी शुल्क महँगो भएको राप्रपा नेताहरुको गुनासो, कसले कति तिर्नुपर्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।  निर्वाचन समितिले तोकेको शुल्क अनुसार उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ ।

राप्रपाको राजधानीको भृकुटीमण्डपमा महाधिवेशन भइरहेको छ भने नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज मनोनयन दर्ता र भोलि मतदान हुने कार्यक्रम रहेको छ ।

तर, राप्रपाका नेताहरुले उम्मेदवारी शुल्क महँगो भएको बताएका छन् । राप्रपाका एक उम्मेदवारले अत्यधिक शुल्क तोक्नुको अर्थ आफूले नबुझेको गुनासो गरे ।
अर्का एक उम्मेदवारले ठट्टा गर्दै भने, ‘सदस्य उठियो । पैसा नपुगेर  आफूले लगाएको सुनको औठी बेच्नु पर्ने अवस्था छ, के गर्नु इज्जतको कुरा छ ।’

राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । राप्रपामा एक अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री र १४९ केन्द्रीय सदस्य पदमा निर्वाचन हुन लागेको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका