काठमाडौँ, २८ पुस — नेपालमा उपल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाले देशका पहाडी र हिमाली भू–भागमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ।
यस्तै, आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रको मौसम भने प्रायः सफा नै रहने महाशाखाले जानकारी दिएको छ।


