Tuesday, September 15, 2026
Homeसामाचारउपत्यकामा २४ घण्टामा १,२०९ चालक ट्राफिक कारबाहीमा, मापसेमा ९६ जना पक्राउ

उपत्यकामा २४ घण्टामा १,२०९ चालक ट्राफिक कारबाहीमा, मापसेमा ९६ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २०९ जना चालकलाई कारबाही गरेको छ।

आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९६ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने ५० जना तथा रातोबत्ती उल्लंघन गर्ने ५१ जना चालक कारबाहीमा परेका हुन्।

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४३ जना, अनावश्यक हर्न बजाउने ५६ जना, लेन मिच्ने २१ जना, अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४३ जना तथा एकतर्फी सडकमा सवारी चलाउने २५ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसका अतिरिक्त, अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ७२४ जना चालक समेत कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित रूपमा सवारी जाँचलाई निरन्तरता दिइने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका