काठमाडौं: अवरोधका कारण रोकिएको काठमाडौँ न्यूरोडको फूटपाथ विस्तार उच्च अदालतको आदेशपछि पुन: सुरु भएको छ। उच्च अदालतको आदेशपछि महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम आज बुधबार बिहानदेखि सुरु गरेको हो।
यस अघि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो।



