Thursday, September 24, 2026
Homeसामाचारइसाई धर्मावलम्बीले मनाए इस्टर महोत्सव (तस्बिरसहित)

इसाई धर्मावलम्बीले मनाए इस्टर महोत्सव (तस्बिरसहित)

काठमाडौँ । नेपाललगायत विश्वभरका इसाईहरूले इस्टर पर्व भव्यताकासाथ मनाए। इस्टर महोत्सवका असवरमा काठमाडौँका मण्डलीहरूले उपत्यकाव्यापी संयुक्त ख्रीष्टमस कार्यक्रम आयोजना गरी भब्यरूपमा उक्त महोत्सव मनाए।

काठमाडौँका चर्चहरूले बिहान सबेरै आ-आफ्ना चर्चमा सुर्योदय सेवा आयोजना गरी येशू ख्रीष्ट मृत्युबाट विजयी भई बौरी उठ्नु भएको खुसियाली मनाए भने काठमाडौँ, ललितपुर र भक्तपुरका चर्चहरूले इस्टर र्याली आयोजना गरी संयुक्त रूपमा काठमाडौँको भृकुटीमण्डपमा संयुक्त उपत्यकाव्यापी कार्यक्रम आयोजना गरी उत्सव मनाए।

उक्त अवसरमा रक्तदानको कार्यक्रम समेत आयोजना गरिएको थियो। ८२४ जनाले रक्तदान गरेको इस्टर कार्यक्रम आयोजक समितिले जनाएको छ। गत वर्ष पनि आयोजना गरिएको यस्तै कार्यक्रममा करिब ३०० जनाले रक्तदान गरेका थिए भने यो वर्ष करिब तीन गुणाले रक्तदाता बढे।

काठमाडौँबाहेक मोफसलका चर्चहरूले पनि इस्टर र्यालीलगायतका कार्यक्रम आयोजना गरी भव्य रूपमा इस्टर मनाएको समाचार प्राप्त भएको छ।
इस्टर महोत्सवको अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना संदेश दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका