काठमाडौँ, २८ साउन— इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदीको तटीय क्षेत्र र डुबान हुने होचो स्थानमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोलामा पनि जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा छ। विभागले मदन भण्डारी राजमार्गस्थित जलमापन केन्द्रका तथ्याङ्कका आधारमा नदी किनार तथा डुबान जोखिमयुक्त क्षेत्रमा सतर्क रहन सूचित गरेको हो।


