Friday, April 17, 2026
Homeदेश र प्रदेशइलाका प्रहरी कार्यालय लहानबाट थुनुवा फरार

इलाका प्रहरी कार्यालय लहानबाट थुनुवा फरार

२६ असार, जनकपुरधाम । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका-१ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् । उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले बताए । ‘हिरासत कक्षको झ्यालको ग्रील काटेर ३४ वर्षीय यादव फरार भएका छन्’ बुढाथोकीले भने ।

फरार भएका थुनुवा यादवको खोजी भइरहेको उनले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका