Friday, May 8, 2026
Homeसामाचारइरानी नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

इरानी नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

काठमाडौं । नेपाल सरकारले इरानी नागरिकलाई नेपाल प्रवेशका लागि दिइँदै आएको अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ।

अध्यागमन विभागले नेपाल भ्रमण गर्न आउने इरानी नागरिकलाई अबदेखि विमानस्थल वा सीमा नाकामा अनअराइभल भिसा उपलब्ध नगराउने जनाएको हो।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार अब सरकारी तथा कूटनीतिक राहदानी बाहेकका इरानी नागरिकले विदेशस्थित नेपाली दूतावास वा नियोगबाट पूर्वस्वीकृत भिसा लिएपछि मात्र नेपाल प्रवेश गर्न पाउनेछन्।

यस निर्णयसँगै नेपालमा अनअराइभल भिसा नपाउने मुलुकहरूको संख्या १३ पुगेको छ। यसअघि नाइजेरिया, घाना, जिम्बाब्वे, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा पाउने व्यवस्था छैन।

यसैबीच नेपाल सरकारले शरणार्थीको पहिचानस्वरूप ट्राभल डकुमेन्ट बोक्ने व्यक्तिहरूको नेपाल प्रवेशसम्बन्धी नियममा पनि कडाइ गरिएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका