Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियइरानतर्फ अर्को अमेरिकी युद्धपोत समूह अघि बढ्दै: ट्रम्प

इरानतर्फ अर्को अमेरिकी युद्धपोत समूह अघि बढ्दै: ट्रम्प

वासिङ्टन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक सम्बोधनका क्रममा अर्को अमेरिकी ‘समुद्री युद्धपोत समूह’ इरानतर्फ अघि बढिरहेको बताएका छन्। उनले यस कदमलाई अमेरिकी दबाब र सुरक्षा रणनीतिअन्तर्गतको उपायका रूपमा व्याख्या गर्दै इरानले समयमै सन्धिमा सहमति जनाउनुपर्ने बताएका छन्।

ट्रम्पले भने, “उहाँहरूले पहिले नै सन्धिमा सहमति गर्नु पथ्र्यो। आशा छ, अब सहमति हुन्छ।” उनका अनुसार उक्त युद्धपोत समूह आवश्यक परेमा सन्धि उल्लङ्घन गर्ने पक्षलाई रोक्न र अमेरिकी सुरक्षालाई सुनिश्चित गर्न रणनीतिक उद्देश्यले तैनाथ गरिएको हो।

उनले थपे, “यो समूह ‘सुन्दर तरिकाले’ इरानतर्फ गइरहेको छ,” भन्दै यसले सम्भावित तनाव नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसअघि नै अमेरिकी सेनाले युएसएस अब्राहाम लिंकन विमानवाहक युद्धपोत समूहलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गरिसकेको छ।

राजनीतिक विश्लेषकहरूले ट्रम्पको यो अभिव्यक्तिलाई इरानसँगको सम्बन्ध थप तनावपूर्ण बन्ने संकेतका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यस कदमले मध्यपूर्वको सुरक्षा अवस्था र अन्तर्राष्ट्रिय राजनीतिक वातावरणमा उल्लेखनीय प्रभाव पार्न सक्छ।

यसैबीच, ट्रम्पको चेतावनीपूर्ण वक्तव्यपछि अमेरिकी विदेश नीति र सैन्य रणनीतिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो थप बढेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका