Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियइमरान खानको पार्टीका कार्यकर्ताहरूद्वारा पाकिस्तानमा राष्ट्रव्यापी विरोध प्रदर्शन

इमरान खानको पार्टीका कार्यकर्ताहरूद्वारा पाकिस्तानमा राष्ट्रव्यापी विरोध प्रदर्शन

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईका कार्यकर्ताहरूले आइतबार राजधानी इस्लामावादतर्फ राष्ट्रव्यापी विरोध प्रदर्शन गरेका छन्।

इमरान खानकी पत्नी बुशरा बीबी र खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरसँगै पीटीआईका कार्यकर्ता इस्लामावादतर्फ लागेका छन्।

पीटीआईको विरोध अघि नै इस्लामाबाद पुलिसले राजधानीमा धारा १४४ लागू भएको र कानून उल्लङ्घन गर्नेहरूलाई कडाइका साथ कारबाही गरिने बताएको थियो।

नगरको सार्वजनिक व्यवस्था बिग्रन नदिने प्रहरीले जनाएको छ । प्रहरीले कुनै पनि गैरकानूनी गतिविधिमा नआउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पीटीआई कार्यकर्ता इस्लामावादतर्फ बढेको देखेर प्रशासनले राजधानी जाने बाटो बन्द गरेको थियो । इस्लामाबाद प्रशासनका अनुसार फैजाबाद इन्टरचेन्जमा रेंजर्स तैनाथ गरिएको छ।

इस्लामाबादका डिप्टी कमिश्नर इरफान नवाज मेमनले राजधानीको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सोमबार सबै शैक्षिक संस्थाहरू बन्द रहने बताएका छन्।

इस्लामावादका धेरै सडकमा पीटीआई कार्यकर्ता र प्रहरीबीच झडप भएको खबर पनि आएको छ । आन्दोलनकारीले प्रहरीमाथि लगातार ढुंगा प्रहार गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न स्थानबाट धेरै पीटीआई कार्यकर्तालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले इस्लामावाद र रावलपिंडीबाट जम्मा ३८० कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका