Saturday, May 9, 2026
Homeसामाचारइन्धन आपूर्ति नियमित, अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

इन्धन आपूर्ति नियमित, अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

काठमाडौं, फागुन १९। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक रूपमा इन्धन भण्डारण गर्दा आगलागी लगायत दुर्घटनाको जोखिम बढ्ने भएकाले आवश्यक परिमाणमा मात्र खरिद गर्न अनुरोध गरेका छन्। उनले आसन्न निर्वाचन अवधिभर पनि इन्धन आपूर्ति नियमित रहने जानकारी दिएका छन्।

सोमबार जारी सूचनामा उनले पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित भइरहेको र पर्याप्त मात्रामा आपूर्ति जारी रहने उल्लेख गरेका छन्।

साथै, सम्भावित आगजनीजन्य दुर्घटना न्यूनीकरण गर्न जेरी क्यान वा ड्रममा पेट्रोलियम पदार्थ भर्न तथा भण्डारण गर्न निषेध गरिएको पनि निगमले स्पष्ट पारेको छ।

निगमले उपभोक्तालाई अनावश्यक हतार र भण्डारण नगरी आवश्यक परिमाणमा मात्र इन्धन खरिद गरी सहयोग गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका