Thursday, June 25, 2026
Homeसामाचारइन्दु शङ्कर चिनी उद्योगद्धारा सर्लाहीका ४७ जना उखु किसान सम्मानित

इन्दु शङ्कर चिनी उद्योगद्धारा सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा (सर्लाही), २८ माघ: इन्दुशङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोग गर्दै उन्नत जातका उखु उत्पादन गर्ने ४७ जना किसानलाई सम्मान गरेको छ।

उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्न यो सम्मान गरिएको हो। सम्मानित किसान विष्णुपुरका पवनदेवी शर्माले उद्योगबाट प्राप्त उन्नत बीउ प्रयोग गरी उत्पादनमा वृद्धि भएको र आधुनिक प्रविधिको प्रयोगले लागत घटाउनुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो।

उत्पादनमा दोब्बर वृद्धि
किसान माधव थापाले विगतमा प्रतिकठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको जानकारी दिनुभयो।

सरकारलाई उखु ‘जोन’ कायम गर्न माग
उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो। उहाँले स्थानीय, प्रदेश, र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

सिँचाइ र प्रविधिमा सहयोगको योजना
हरिवन नगरप्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले उद्योगसँग सहकार्य गरी किसानलाई सिँचाइ, प्रविधि, र उन्नत बीउविजन उपलब्ध गराउने योजना बनाएको छ।

सर्लाहीको उखु उत्पादन
सर्लाहीमा वार्षिक ६४ हजार हेक्टर क्षेत्रमा उखु उत्पादन हुँदै आएको छ। जिल्लाका हरिवनमा इन्दुशङ्कर, धन्कौलमा अन्नपूर्ण, र गोडैतामा महालक्ष्मी चिनी उद्योग सञ्चालनमा छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका