Friday, April 24, 2026
Homeअन्तराष्ट्रियइजरायली आक्रमणका कारण दुई लाखभन्दा बढीले लेबनान छोडेर सिरिया गए:...

इजरायली आक्रमणका कारण दुई लाखभन्दा बढीले लेबनान छोडेर सिरिया गए: संयुक्त राष्ट्रसंघ

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच जारी युद्धका बीच दुई लाखभन्दा बढी मानिस लेबनान छोडेर सिरिया गएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायली हवाई आक्रमणका कारण दुई लाखभन्दा बढी मानिस लेबनान छोडेर छिमेकी सिरिया गएका छन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले जारी गरेको अपडेटमा लेबनानी नागरिक र लेबनानमा बसोबास गर्ने सिरियाली नागरिकहरू पनि छाड्ने मानिसहरूमा समावेश गरिएको छ।

लेबनानी सरकारको तथ्यांक अनुसार यो संख्या तीन लाखभन्दा बढी रहेको बताइएको छ ।

शुक्रबार इजरायलले दुई देशबीचको मुख्य सीमा नाकालाई निशाना बनाएर हवाई हमला गरेपछि सवारी साधनको आवतजावत ठप्प भएको छ ।

इजरायली सेनाले दावी गरेको थियो, “उसले मस्ना क्रसिङ नजिकै हिजबुल्लाहको स्थानलाई निशाना बनाएको थियो।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका