Sunday, July 26, 2026
Homeविचित्र संसारइच्छाशक्तिले बन्यो विश्व कीर्तिमान, यी हुन् संसारकै होचा बडी बिल्डर

इच्छाशक्तिले बन्यो विश्व कीर्तिमान, यी हुन् संसारकै होचा बडी बिल्डर

जब मानिसमा इच्छाशक्ति हुन्छ तब जीउको होँचो कदले छेक्दैन । भारतका एक बडी बिल्डरले यहीँ कुरा प्रमाणित गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

आफ्नो होचो कदलाई हतियार बनाएरै उनले विश्व कीर्तिमान कायम गरेका हुन् । होचो वा अग्लो हुनुले मानिसको हौसलामा असर गर्दैन भन्ने कुरा उनले प्रमाणित गरेका छन् ।

प्रतिक भिट्टल नामक २६ वर्षका ती युवाले संसारकै सबैभन्दा होचो बडी बिल्डरको रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाएका हुन् ।

प्रतिकको शरीरको उचाइ मात्र तीन फिट चार इन्च छ । पहिले त्यहीँ छोटो बामपुड्के कदका कारण उनी मानिसहरूको मजाकको पात्र बन्ने गर्दथे । तर उनले आफ्नो त्यहीँ समस्यालाई शक्तिमा बदले र संसारभर चर्चित भए । त्यसका लागि उनले शारीरिक सुगठनको कडा व्यायाम गर्न थाले । आफ्ना मामाबाट प्रेरणा लिएर अन्ततः उनी अब्बल बडी बिल्डर बन्न सफल भए । वास्तमा उनले १६ वर्षको उमेरदेखि नै व्यायाम सुरु गरेका थिए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आवेदन गर्न पनि उनले कम झण्झट भएन । तीन पटक त उनको निवेदन सुरुमै अस्वीकृत भयो । चौथो पटकमा जब उनको निवेदन स्विकारियो, तब उनको नाम गिनिज बुकमा प्रवेश गर्न सफल भयो ।

भारतको महाराष्ट्रमा बस्ने प्रतिक गठिलो जीउ कायम राख्नका लागि स्वस्थ, पोषिलो तथा सन्तुलित भोजनमा जोड दिन्छन् । हरेक दिन २ घण्टा जिमखाना जान्छन् र बेलुकी ३० मिनेट दौडिएर दिनको समापन गर्दछन् ।

एजेन्सी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका