Friday, April 24, 2026
Homeअन्तराष्ट्रियआम आदमीका नेता मनिष सिसोदिया १७ महिनापछि छुट्ने भए

आम आदमीका नेता मनिष सिसोदिया १७ महिनापछि छुट्ने भए

नयाँदिल्ली: भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप) का नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएपछि उनी १७ महिनापछि जेलमुक्त भएका छन् ।

गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो। आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो।

फैसला सुनाउँदै सर्वोच्च अदालतले मनिषलाई लामो समयदेखि जेलमा राखिएको जनाएको थियो । कुनै पनि सजायबिना कसैलाई पनि लामो समय जेलमा राख्न सकिँदैन ।

मनीषले तल्लो अदालत र त्यसपछि उच्च अदालत गएका थिए। त्यसपछि मात्रै सर्वोच्च अदालत आउनु पर्छ भनिएको थियो । उनले दुवै अदालतमा निवेदन दिएका थिए । त्यसपछि मनिषले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। पहिलो आदेश अनुसार ६ देखि ८ महिनाको म्याद सकिएको थियो।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका