Sunday, April 26, 2026
Homeअन्तराष्ट्रियआफैंले आफैंमाथि फायर गरेपछि अमेरिकी लडाकु विमान लाल सागरमा दुर्घटना

आफैंले आफैंमाथि फायर गरेपछि अमेरिकी लडाकु विमान लाल सागरमा दुर्घटना

काठमाडौं: अमेरिकी लडाकु विमान लाल सागरमा दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेनाले लडाकु विमान आफ्नै गोलीको शिकार बनेको जनाउँदै यसलाई ‘फ्रेन्डली फायर’ घटना भनेको छ। यो घटना हुथी विद्रोहीको स्थानमा हवाई आक्रमणपछि भएको हो।

अमेरिकाले यमनको राजधानी सानामा रहेको हुथी विद्रोहीको कमाण्ड केन्द्र र मिसाइल भण्डारण क्षेत्रलाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार दुर्घटनाग्रस्त लडाकु विमान एफ/ए-१८ होर्नेटका चालक दलका दुवै सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्।

यसका साथै, अमेरिकी लडाकु विमानहरूले लाल सागर क्षेत्रमा हुथी विद्रोहीका धेरै ड्रोन र एन्टी-शिप क्रुज मिसाइलहरू पनि नष्ट गरेका छन्।

इजरायलमा हुथी विद्रोहीद्वारा गरिएको आक्रमणपछि अमेरिकाले यो प्रतिकारात्मक कदम चालेको हो। शनिबार तेल अवीभमा हुथी विद्रोहीको ब्यालेस्टिक मिसाइल आक्रमणका कारण एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए।

हुथी विद्रोही समूह इरान समर्थित शक्तिहरूमध्ये एक हो, जसले यमनको उत्तर-पश्चिम क्षेत्रमा आफ्नो नियन्त्रण जमाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका