काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दैछ। चौथो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन आज अर्थात् शुक्रबार दिउँसो १ बजेतिर बारको बैठक बस्न लागेको हो। बैठकमा सर्वोच्च बार र सल्लाहकार समितिको पनि उपस्थित हुने बारले जनाएको छ।
करिब ४ हप्तादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो। जबराको राजीनामा नआएसम्म आन्दोलनलाई निरन्तरता दिने बारको रणनीति छ।
यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरु भने आजदेखि इजलास फर्किने भएका छन्। गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिने भएपछि इजलासमा फर्कन लागेका हुन्।


