Monday, May 4, 2026
Homeमनोरन्जनआत्महत्या दुरुत्साहनको आरोप लागेका नायक साहिल खान अभिनयमा फ्लप तर कमाई तगडा

आत्महत्या दुरुत्साहनको आरोप लागेका नायक साहिल खान अभिनयमा फ्लप तर कमाई तगडा

अभिनेता तथा मोडल साहिल खान एकपटक पुनः चर्चामा छन् । साहिल खानमाथि मनोज पाटिल नामका बडी बिल्डरलाई आत्महत्याका लागि उक्साएको आरोप लागेको छ । साहिलले अभिनेताको रुपमा करियर सुरु गरेका थिए तर आज उनी एक फिटनेस आइकनको रुपमा परिचित छन् । उनीबारे केही जानकारी लिऔंः

साहिल खान ४४ वर्ष पुगेका छन् । साहिलको जन्म ५ नोभेम्बर सन् १९७६ मा कोलकातामा भएको थियो ।

फिल्ममा फ्लप भए साहिलः

साहिल खानले सन् २००१ मा रिलिज भएको फिल्म स्टाइलबाट करियरको सुरुवात गरे तर उनी खासै जम्न भने सकेनन् ।

एक जिम सेन्टरले फेरिदियो भाग्यः

जब साहिलले फिल्ममा काम पाउन छोडे तब उनले आफ्नो एक जिम सेन्टर खोले । उनको यो निर्णयले काम गर्यो । यो कामले उनलाई धेरै फाइदा पुर्यायो । त्यसपछि साहिले देशभरी एकपछि अर्को गर्दै जिमको चेन खोल्ने योजना गरे । आज थुप्रै शहरमा उनको जिम सेन्टर खोलिएका छन् ।

अभिनय छोडेर फिटनेस आइकन बने साहिल खानः

साहिल खानले अभिनयबाट सन्यास लिए र थुप्रै काम गरे । पछि उनले फिटनेसको क्षेत्रमा काम गर्न सुरु गरे ।

दुई वर्ष अघि खोले आफ्नो फिटनेस ब्रान्डः

साहिल खानले दुई वर्ष अघि आफ्नो फिटनेस ब्रान्ड बाइसेप्स इन्डिया खोले । लकडाउन हुँदा नै यो यति चल्यो कि उनको भाग्य नै फेरियो ।

साहिल खानको तगडा कमाईः

आफ्नो जिम र फिटनेस ब्रान्डमार्फत् साहिल खान तगडा कमाई गर्छन् । उनको जीवनशैली निकै विलासी छ ।

विलासी जीवनयापनमा शौखिन साहिलः

साहिल खान फिटनेस ब्रान्डमार्फत् शानदार कमाई गर्छन् र उनी विलासी जीवनशैली अपनाउँछन् । यसको झलक उनको इन्टाग्राम अकाउन्टमार्फत् पाइन्छ ।

अत्यधिक विवादितः

साहिल खानको विवादसँग पुरानो नाता छ । सन् २००४ मा साहिलले बलिउड नायिका निगार खानसँग विवाह गरेका थिए । यो विवाह वर्ष दिन नबित्दै टुट्यो । सन् २००९ मा साहिल खानले आफूभन्दा १७ वर्ष जेठी तथा नायक ज्याकी श्रोफकी श्रीमती आयशा श्रोफलाई डेट गरेको खबरले निकै हलचल पैदा गरेको थियो ।

सलमान खानमाथि लगाएका थिए करियर समाप्त गरेको आरोपः

साहिल खान अघिल्लो वर्ष अचानक चर्चाम आए । साहिलले सलमान खानमाथि उनको करियर बर्बाद गरेको आरोप लगाए । त्यसपछि मानिसहरुले उनलाई धेरै सर्च गर्न थाले ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका