Thursday, September 17, 2026
Homeसामाचारआत्मदाह प्रयासमा ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

आत्मदाह प्रयासमा ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले नागरिकता प्राप्तिमा देखिएको कानुनी तथा प्रशासनिक समस्या समाधान गर्दै आवश्यक सहजीकरणपछि नागरिकता प्रदान गरिएको जानकारी दिए। यसका लागि गृह मन्त्रालयले आवश्यक समन्वय र पहल गरेको पनि जनाइएको छ।

नागरिकता हस्तान्तरण गर्दै गृहमन्त्री गुरुङले पीडित परिवारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै राज्यका तर्फबाट आवश्यक सहयोग, सहजीकरण तथा कानुनअनुसार उपलब्ध गराउन सकिने सेवा–सुविधामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका