Tuesday, June 30, 2026
Homeसामाचारआज मनसुनी गतिविधि सक्रिय, धेरै प्रदेशमा भारी वर्षाको चेतावनी

आज मनसुनी गतिविधि सक्रिय, धेरै प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि मनसुनी प्रणाली थप सक्रिय हुने सम्भावना छ। यसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्न सक्ने जनाएको छ। साथै सहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने र ठूला तथा साना नदी, खोला तथा नालाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका