काठमाडौं – देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नहुँदा आज अधिकांश क्षेत्रमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतः सफैजस्तै रहनेछ।
यस मध्ये कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।


