Sunday, November 8, 2026
Homeसामाचारआज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनीका तराई र कर्णाली तथा बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भू–भाग र मधेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा समेत वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका