Tuesday, September 8, 2026
Homeसामाचारआज देशभर जेनजी सहिद दिवस मनाइँदै

आज देशभर जेनजी सहिद दिवस मनाइँदै

काठमाडौं । गत वर्ष भदौ २३ गते भएको ऐतिहासिक ‘जेनजी’ आन्दोलनको स्मरण गर्दै आज देशभर ‘जेनजी सहिद दिवस’ विविध कार्यक्रमसहित मनाइँदै छ।

युवा पुस्ताको नेतृत्वमा भएको उक्त आन्दोलनले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलनका क्रममा भएको व्यापक विरोध र प्रदर्शनपछि तत्कालीन सरकार विघटन भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको योगदानको स्मरण, सम्मान र कदर गर्दै सरकारले भदौ २३ गते सार्वजनिक बिदासमेत दिएको छ।

भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने र उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले गरेको थियो।

दिवसका अवसरमा आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाहरूको सम्झना गर्दै विभिन्न कार्यक्रम आयोजना गरिँदै छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका