Saturday, November 7, 2026
Homeसामाचारआज देशभरको मौसम सफा रहने, पहाडी भूभागमा आंशिक बदली

आज देशभरको मौसम सफा रहने, पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ, २९ कात्तिक – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ, जबकि अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

महाशाखाले आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका