Sunday, November 8, 2026
Homeसामाचारआज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, ३ भदौ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिएकाले हाल नेपालमा मनसुन केही कमजोर भएको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश भइरहेकाले वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान र मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्र, साथै अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका