Saturday, November 7, 2026
Homeसामाचारआज कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य

आज कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजहरूको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिबाट सार्वजनिक दरअनुसार, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ७० रुपैयाँ, आलु रातो ६० रुपैयाँ, आलु रातो (भारतीय) ४५ रुपैयाँ, आलु सेतो ४२ रुपैयाँ, र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) १०० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, काउली स्थानीय १०० रुपैयाँ, सेतो मूला (लोकल) २५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ७० रुपैयाँ, तने बोडी १८० रुपैयाँ, र मकै बोडी ८० रुपैयाँ तोकिएको छ।

यसैगरी, घिउसिमी (लोकल/हाइब्रिड) दुबै प्रतिकिलो १२० रुपैयाँ, घिउसिमी (राजमा) ८० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, तीतो करेला १२० रुपैयाँ, लौका ९० रुपैयाँ, परवर (लोकल/तराई) ७० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, फर्सी पाकेको ३५ रुपैयाँ, हरियो फर्सी (डल्लो) ७० रुपैयाँ, भिन्डी ९० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ, र बरेला ४० रुपैयाँ निर्धारण गरिएको छ।

पिँडालु ७० रुपैयाँ, स्कूस २० रुपैयाँ, रायो साग १०० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २०० रुपैयाँ, चमसुर १५० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, मेथीको साग २०० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, च्याउ (कन्य) २०० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, र कुरिलो ८५० रुपैयाँ तोकिएको छ।

ब्रोकाउली १३० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, रातो बन्दा १२० रुपैयाँ, जिरीको साग ३५० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पार्सले ४०० रुपैयाँ, सौफको साग २०० रुपैयाँ, पुदिना ४५० रुपैयाँ, इमली १७० रुपैयाँ, र गुन्द्रुक ३०० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती १०० रुपैयाँ, अनार ३८० रुपैयाँ, सुन्तला (नेपाली) ८० रुपैयाँ, सुन्तला (भारतीय) १०० रुपैयाँ, तरबूजा हरियो ७५ रुपैयाँ, मौसम ८० रुपैयाँ, जुनार २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) ७० रुपैयाँ, निबुवा ४० रुपैयाँ, नास्पाती (चाइनिज) २०० रुपैयाँ, मेवा (भारतीय) ९० रुपैयाँ, लप्सी ६५ रुपैयाँ, र किबी २०० रुपैयाँ निर्धारण गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका