काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भू–भागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने देखिन्छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ।


