Sunday, April 19, 2026
Homeकला/साहित्यआचार्य कमल रिजालको नयाँ उपन्यास 'शकुन्तला' सार्वजनिक

आचार्य कमल रिजालको नयाँ उपन्यास ‘शकुन्तला’ सार्वजनिक

काठमाडौँ— वरिष्ठ पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौँ उपन्यास शकुन्तला सार्वजनिक भएको छ। पौराणिक आख्यानमा आधारित भए पनि यो उपन्यास परम्परागत धारणा र व्याख्याभन्दा भिन्न दृष्टिकोणबाट लेखिएको छ।

शकुन्तला उपन्यासमा हिन्दू समाजमा आदिम युगदेखि प्रचलित मातृसत्ताको अवस्था र त्यसमा पितृसत्ताले कहिलेदेखि कसरी प्रभुत्व जमायो भन्ने विषयमा विश्लेषण गरिएको छ। लेखकका अनुसार उपन्यासले समाजमा लामो समयदेखि जरा गाडेर बसेका बेथिति, विभेद र वैमनस्यका कारणहरू उजागर गर्दै सुखी, समुन्नत समाज निर्माणको सूत्र प्रस्तुत गर्ने प्रयास गरेको छ।

प्रकाशक शिखा बुक्सका अनुसार उपन्यासले हिन्दू संस्कार र संस्कृतिभित्र लुकेका अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्ने उद्देश्य राखेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका