Thursday, October 29, 2026
Homeराजनीतिआचारसंहिता उल्लङ्घनमा ३४ मध्ये २४ उम्मेदवारले दिए स्पष्टीकरण

आचारसंहिता उल्लङ्घनमा ३४ मध्ये २४ उम्मेदवारले दिए स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा स्पष्टीकरण सोधिएका ३४ उम्मेदवारमध्ये २४ जनाले आयोगमा जवाफ बुझाएका छन् भने १० जनाले अझै जवाफ नबुझाएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीका आधारमा आयोगले ३४ राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारसँग स्पष्टीकरण माग गरेको थियो। प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालन गरिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता कार्यान्वयनको जिम्मेवारी दिइएको छ। उनीहरूलाई आर्थिक विषय बाहेकका अन्य विषय अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ।

यसैगरी आर्थिक विषयको अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। आयोगले छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गर्ने प्रतिबद्धता गराउने काम प्रभावकारी रूपमा भइरहेको जनाएको छ।

जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका