Monday, July 20, 2026
Homeसामाचारआगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि खुल्यो

आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि खुल्यो

लम्की (कैलाली) : आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि खुलेको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो ।
नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यका अनुसार पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएपछि आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएको हो।
गत सोमबार पुलमा आगो लागेको थियो । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका