कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच पनि अगाडि बढ्न सक्ने व्यक्ति नै सच्चा नेता हुने बताएका छन्।
अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल राजनीतिक परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले) ले गर्ने दाबी गरे।
उनले भने, “आजको अवस्था सामान्य छैन। संविधानमाथि आक्रमण भइरहेको छ। यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ।”
मुख्यमन्त्री कँडेलले पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रको निर्देशन मात्र पर्खिएर नबस्न आग्रह गर्दै सिर्जनात्मक रूपमा जनताबीच पुग्न र पार्टीका नीति–कार्यक्रम जनस्तरसम्म पुर्याउन आह्वान गरे।


