Sunday, November 8, 2026
Homeसामाचारअविरल वर्षाले धानबालीमा क्षति, ७०० बिघाहभन्दा बढी धान बाली डुबान

अविरल वर्षाले धानबालीमा क्षति, ७०० बिघाहभन्दा बढी धान बाली डुबान

नवलपरासी – हालैको अविरल वर्षाले बर्दघाट सुस्ता पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल क्षेत्रका धानबालीमा ठूलो क्षति पुगेको छ ।

पाल्हीनन्दन–१ का वडासदस्य चुुल्हाइप्रसाद यादवका अनुसार पाल्हीनन्दन र सरावलमा ७०० बिघाभन्दा बढी धानबाली डुबानमा परेको छ । उहाँले भन्नुभयो, “यस वर्ष शंकरपुरतर्फ धान राम्रोसँग सप्रिएको थियो । तर धनेवा र झरही खोलामा आएको बाढीले बाली बर्बाद बनायो । किसानले हरेक वर्ष धान लगाउँछन्, तर बाढीले खेतमै सड्छ, काट्नै पाउँदैनन् । यसपटक केही धान फलिसकेको र केही प्रजाति फलिरहेको अवस्थामा बाढी आउँदा सबै आशा विफल भयो ।”

त्यस्तै, सरावल–७ का वडाध्यक्ष हेयात खान धुनियाले सरावलमा मात्रै ७०० बिघाभन्दा बढी धानबाली डुबानमा परेको जानकारी दिनुभयो ।

सरावल–६ मधवलीयाका किसान घनश्याम चौधरीले डेढ बिघामा लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएको र करिब दुई लाख रुपैयाँ बराबरको नोक्सानी भएको बताए ।

नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार पाल्हीनन्दन र सरावलका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धानबाली बाढीले डुबानमा परेका छन् । विशेषगरी पाल्हीनन्दन–१ शंकरपुर तथा सरावल गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका