Saturday, November 7, 2026
Homeसामाचारअर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

वासिङ्टन डीसी (अमेरिका)- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार वासिङ्टन डीसीमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूको प्रगति समीक्षा (सिंहावलोकन) गर्नुका साथै आगामी दिनमा सम्भावित सहकार्य र साझेदारीका विषयमा छलफल भएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू, अर्थमन्त्री खनालको भ्रमण टोलीका सदस्यहरू तथा विश्व बैंकका विभिन्न परियोजनामा संलग्न कर्मचारीहरू पनि सहभागी थिए।

अर्थमन्त्री खनाल विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन आइतबार वासिङ्टन डीसी आइपुग्नुभएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका