वाशिङ्टन डी.सी. (अमेरिका), ३० असोज — विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभयो।
भेटका क्रममा नेपालमा सञ्चालित परियोजनाहरूको प्रगति, उपलब्धि तथा देखिएका चुनौतीहरूबारे विस्तृत छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।
सो अवसरमा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक काउन्सिलर युगराज पाण्डे, भ्रमण दलका सदस्यहरू तथा एडीबीका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।


