Saturday, November 7, 2026
Homeसामाचारअर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष फेला

अर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष फेला

अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वकै सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेका छन्। कोनिसेट अनुसन्धान संस्थाका अनुसार, टोलीले उत्तरपश्चिम अर्जेन्टिनाको करिब ३,००० मिटर (९,८४२ फिट) उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामक सानो, लामो घाँटी भएको सरीसृपको लगभग पूर्ण कङ्काल फेला पारेको हो।

अनुसन्धान टोलीले डायनोसरको खोपडीको अंश, पुच्छरसम्म फैलिएको मेरुदण्ड र अगाडिका तथा पछाडिका अङ्गहरू लगभग अक्षुण्ण अवस्थामा सङ्कलन गरेको जनाएको छ। यो खोज नेचर पत्रिकामा प्रकाशित भएको हो, जसलाई वैज्ञानिकहरूले विकासक्रम अध्ययनमा एक महत्वपूर्ण माइलस्टोनका रूपमा लिएका छन्।

मुख्य अनुसन्धानकर्ता अगस्टिन मार्टिनेलीका अनुसार ह्वायराकुर्सर जागुएन्सिस करिब २३ करोड देखि २२ करोड ५० लाख वर्षअघि पृथ्वीमा बास गर्ने प्रजाति हो, जसका कारण यो अहिलेसम्म पत्ता लागेको विश्वकै सबैभन्दा पुरानो डायनोसरमध्ये एक मानिन्छ।

यो प्रजाति ट्रायासिक अवधिको अन्त्यसम्म जीवित रहेको अनुमान गरिएको छ — यही समयमा पहिलो डायनोसर र स्तनपायीका पुर्खाहरू देखा पर्न थालेका थिए। अनुसन्धान टोलीका अनुसार यो डायनोसर वयस्क अवस्थामा करिब दुई मिटर लम्बाइ र १८ किलोग्राम (४० पाउण्ड) तौलको थियो।

शोधकर्ताहरूले विश्वास गरेका छन् कि यो खोजले पृथ्वीको प्रारम्भिक जीवन र डायनोसरहरूको विकासक्रमबारे नयाँ दृष्टिकोण प्रदान गर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका