Friday, April 17, 2026
Homeअन्तराष्ट्रियअमेरिकी प्रतिबन्धपछि क्युबामा ऊर्जा संकट: परिवारहरू कोइलामा फर्कन बाध्य

अमेरिकी प्रतिबन्धपछि क्युबामा ऊर्जा संकट: परिवारहरू कोइलामा फर्कन बाध्य

एजेन्सी । दशकौँदेखि लागू संयुक्त राज्य अमेरिकाको प्रतिबन्धका कारण क्युबाको ऊर्जा पूर्वाधार कमजोर बन्दै गएको छ। यसले टापुभरिका परिवारहरूलाई आधुनिक भान्सा प्रणाली त्याग्न र कोइलामा खाना पकाउने पुरानो अभ्यासतर्फ फर्कन बाध्य बनाएको छ।

हवानाको मारियाना क्षेत्रमा ६२ वर्षीया कारिडाड अल्भारेजले श्रीमानसँग सानो क्याफे सञ्चालन गर्दै आएकी छन्। तर गहिरिँदो ऊर्जा संकटका कारण उनी अहिले कोइलाबाट आगो बालेर खाना पकाउन बाध्य भएकी छन्।

‘मेरो जीवनमा पहिलो पटक इन्धन अभावका कारण कोइला प्रयोग गर्नुपरेको छ। हामी निकै कठिन समयबाट गुज्रिरहेका छौं,’ उनले बताइन्। उनका अनुसार बिजुली आपूर्ति अत्यन्त अनियमित भएकाले खाना पकाउने कामसमेत प्रभावित भएको छ।

अप्रत्याशित विद्युत् अवरोध (ब्ल्याकआउट) का कारण धेरै परिवारहरू खाना पकाउन ढिला हुने वा नपक्ने समस्यामा छन्। त्यसैले धेरै घरपरिवारहरू विकल्पका रूपमा कोइलातर्फ फर्किरहेका छन्। ‘बिजुली गयो भने हामी तुरुन्तै कोइलामा निर्भर हुन्छौं,’ उनले भनिन्।

कोइला उत्पादनमा संलग्न लेक्सर ब्रिजुएला विगत दुई दशकदेखि यो काम गर्दै आएका छन्। हाल माग अत्यधिक बढेकाले उनी एकैपटक धेरै ब्याच उत्पादन गर्दा पनि माग पूरा गर्न सकिरहेका छैनन्।

विश्लेषकहरूका अनुसार अमेरिकी ‘अधिकतम दबाब’ नीतिले क्युबाको ऊर्जा प्रणाली मात्र होइन, इन्धन आयातमा समेत अवरोध सिर्जना गरेको छ। ग्यास सिलिन्डर आपूर्ति र रिफिलमा समस्या आएपछि पहिले ग्यासमा निर्भर रहेका परिवारहरू समेत अहिले कोइलाको खोजीमा छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका