काठमाडौं । अमेरिकी सरकारको एक गोप्य प्रतिवेदनले इरानको वर्तमान शासन चाँडै पतन हुने सम्भावना कम रहेको निष्कर्ष निकालेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी गुप्तचर एजेन्सीहरूले तयार पारेका विभिन्न प्रतिवेदनहरूमा इरानी सरकार अझै पनि सशक्त अवस्थामा रहेको र देशमाथि आफ्नो नियन्त्रण कायम राखेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको दाबी गरिए पनि त्यसपछि पनि सरकार सत्तामा कायम रहेको जनाइएको छ।
यसैबीच एक इजरायली अधिकारीले पनि वर्तमान युद्धले इरानी शासनको पतन गराउने कुनै निश्चित ग्यारेन्टी नभएको स्वीकार गरेका छन्।


