Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियअमेरिकामा भीषण हिमपात : कम्तीमा १७ जनाको मृत्यु, न्यूयोर्क सबैभन्दा प्रभावित

अमेरिकामा भीषण हिमपात : कम्तीमा १७ जनाको मृत्यु, न्यूयोर्क सबैभन्दा प्रभावित

काठमाडौं । अमेरिकाका धेरै राज्यहरूमा भीषण हिमपात र चिसोका कारण जनजीवन प्रभावित भएको छ। यस प्राकृतिक प्रकोपका कारण कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ, यद्यपि केही घटनामा मृत्युको कारण अझै स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।

हिमपात र अत्यधिक चिसोका कारण धेरै अमेरिकी राज्यहरूले आपतकालीन अवस्था घोषणा गरेका छन्। देशका विभिन्न भागमा भारी हिमपातसँगै वर्षा पनि भएको छ।

आँधी र हिमपातबाट न्यूयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ३७९ उडानहरू रद्द गरिएका छन्, लाखौं घरहरू विद्युतविहीन बनेका छन् भने प्रभावित क्षेत्रका विद्यालयहरू बन्द गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका