जेनजीका अभियन्ता मिराज ढुंगानामाथि बुधबार साँझ कार्यालयमै आक्रमण भएको छ। ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो टोलीलाई लक्षित गरेर आक्रमण तथा हातपात गरिएको जानकारी सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्, “हाम्रा अफिसमा साँझ ६ बजे आक्रमण भयो। हामीमाथि र हाम्रा महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो?” ढुंगानाले घटनामा संलग्न व्यक्ति वा उद्देश्यबारे भने कुनै जानकारी खुलाएका छैनन्।
घटनापछि प्रहरीले प्रारम्भिक विवरण संकलन सुरु गरेको छ। ढुंगानाले आफू र आफ्ना सहयोगीहरूको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।


