काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेको छ।
प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले चार जना नयाँ मन्त्री नियुक्त गरेका छन् र शपथ गराएका छन्।
नवनियुक्त मन्त्रीहरूले यस प्रकार जिम्मेवारी सम्हालेका छन्—
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री: श्रद्धा श्रेष्ठ
वन तथा वातावरण मन्त्री: माधव चौलागाईं
श्रम तथा सामाजिक सुरक्षा मन्त्री: राजेन्द्रसिंह भण्डारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री: कुमार इङ्नाम
यससँगै, कानुन तथा संसदीय मामिलासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अनिल सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ।
मन्त्रिपरिषद् विस्तारको क्रममा सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अब नयाँ मन्त्री कुमार इङ्नामले सम्हाल्ने छन्।


