Sunday, November 8, 2026
Homeसामाचार‘अत्यावश्यक बाहेक असोज २० गतेसम्म यात्रा नगर्नू’

‘अत्यावश्यक बाहेक असोज २० गतेसम्म यात्रा नगर्नू’

काठमाडौं। राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक असोज २० गतेसम्म यात्रा नगर्न आग्रह गरेको छ। उच्च सतर्कता अपनाउन अनुरोध गर्दै प्राधिकरणले यस्तो अपील गरेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यस क्रममा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्न सक्ने देखिएको छ।

विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा रहेका स–साना नदीमा आकस्मिक बहाव आउने उच्च सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

दशैंको यात्रा चापलाई समेत मध्यनजर गर्दै प्राधिकरणले सात बुँदे सावधानी अपनाउन आग्रह गरेको छः

१. अत्यावश्यक नभई सकेसम्म घरभन्दा टाढा र विशेषगरी राति यात्रा नगर्ने।
२. सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्थाअनुसार सवारी सञ्चालन रोक्न सक्ने भएकाले सो निर्णय पालना गर्ने।
३. पहिरो जोखिमयुक्त स्थान तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउने।
४. डुबान हुन सक्ने बस्तीका बासिन्दाले सुरक्षित र उचाइ भएका स्थानबारे जानकारी राख्ने तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्ने।
५. सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सबै सरोकारवाला प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
६. जोखिमयुक्त राजमार्ग र सडकमा तत्काल प्रयोग गर्न मिल्ने गरी डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्ने।
७. साझेदार संस्था, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वयमा रही सतर्क रहने।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका