Friday, October 30, 2026
Homeसामाचारअगामी २४ घण्टा मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना

अगामी २४ घण्टा मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २८ साउन — मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा देशभर मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर पूर्णतया बदली रही अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेश, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा, साथै एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्नेछ। कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा पूर्णतया बदली रहनेछ। ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने, ठूला–साना नदी–नालामा पानीको सतह वृद्धि हुने र यातायात अवरुद्ध हुन सक्ने चेतावनी दिँदै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका