Wednesday, May 6, 2026
Homeमनोरन्जनअक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ । उनको उपचारको क्रममा सेप्टेम्बर ८ का दिन निधन भएको हो ।

अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रद्धान्जली दिइरहेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् ।

प्रधानमन्त्री मोदीले लामो पत्र लेख्दै अक्षयलाई सधैँ साथ दिने बचन समेत दिएका छन् ।

अक्षयले प्रधानमन्त्री मोदीको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै अक्षयले लेखेका छन्, ‘आमाको निधनपछि सबैले दिनुभएको शोक शब्दहरुप्रति आभारी छु । म र मेरा दिवंगत माता–पिताका लागि समय निकालेर आफ्ना भावनाहरु व्यक्त गरेकोमा प्रधानमन्त्री मोदीप्रति आधारी छु ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका